तनहुँ, ०६ वैशाख । भानु नगरपालिका वडा नं. ६ की उमा गोतामले दलित महिला सदस्यमा दोहोरिन चाहेकी थिइन् । २०७४ को चुनावमा ६१५ मत प्राप्त गरेकी नेपाली कांग्रेसकी उनले त्यसै अनुसार पार्टीमा दाबी पनि गरेकी थिइन् । तर मनोनयन दर्ता गर्ने दिन उनलाई उपमेयरमा उठ्न भनियो । कांग्रेसका नगरका नेताहरुले अन्य दलसँग तालमेलका लागि छलफल…