कास्की, ०६ जेठ । पोखरा महानगरपालिकाको मतगणना स्थलमा प्रहरीले दुई जना नक्कली प्रतिनिधिलाई पक्राउ गरेको छ । नक्कली कार्ड बोकेर मतगणना स्थलमा पुगेका दुई जनालाई कास्की प्रहरीले आज शुक्रवार पक्राउ गरेकाे हो । मतगणना स्थलको मुख्य प्रवेशद्वारबाट नक्कली कार्ड भिरेर छिर्न खोजेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये एक जनाले जनमत पार्टीको नक्कली प्रतिनिधि…