दाङ, ०४ जेठ । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका जोगराज चौधरी ९ हजार ३ सय १७ मतकासाथ विजयी हुनुभएको हो । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वसन्तराज शर्माले ७ हजार २ सय ८५ मत प्राप्त गर्नुभएको छ । एमालेका दण्डिराम चौधरीले ५ हजार ५ सय ३ मत प्राप्त गर्नुभएको छ…