काठमाण्डौ, ०९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि प्रहार हुने क्रम नरोकिएको भन्दै प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताउनुभएको छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पूरा भएको अवसरमा आज शुक्रवार शुभकामना दिँदै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद,…