कञ्चनपुर, ०३ वैशाख । धामीझाँक्रीको कुटपिटबाट कञ्चनपुरको वेदकोट नगरपालिकामा एकजना महिलाको ज्यान गएको छ । धामीझाँक्रीद्वय धर्मानन्द भट्ट र नारायणदत्त भट्टले झारफुकका नाममा गएराति सरिया तताएर कुटपिट गर्दा वेदकाटे नगरपालिका ६ मुसेपानीका ४२ वर्षकी रञ्चुला साउँदको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी…