काठमाण्डौ, १२ वैशाख । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा पुगेको नेपाली सेनाले त्यहाँ १२ किलोमिटर सडक खण्ड निर्माण गरेको छ। श्री नं २५ फिल्ड (इन्जिनियरिङ गुल्म) ले १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडक खण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको हो । गएको माघ १३ गतेबाट सुरु भएको सडकको निर्माणकार्य वैशाख ७ गते सम्पन्न…