दाङ, ०७ वैशाख । दाङमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । घोराही–तुल्सिपुर सडकखण्डको घोराही १६ कपाससीमा बिग्रेको रा १ त ३३७० नं.को ट्याक्टरलाई रा १ त ४६११ नं. ट्याक्टरले तानेर ल्याउने क्रममा पछाडिबाट ठक्कर दिएर पल्टिँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो…