कपिलवस्तु ।आसन्न बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनावमा दलहरुले आफ्ना उम्मेद्वार अझै सार्वजनिक गर्न सकेका छैनन् । पालिकामा हुने चुनावमा आकांक्षीहरुले पार्टी भित्र आफ्नो दावेदारी प्रस्तुत गरे पनि अझै दलहरुले औपचारिक रुपमा उम्मेदवार टुङ्ग्याएका छैनन् । कपिलवस्तुका १० पालिका मध्ये शिवराज नगरपालिका गएको ०७४ सालको स्थानीय चुनावमा एमालेले मेयर, उप-मेयर जितेको थियो ।…