काठमाण्डौ, १७ चैत्र । पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनोको अनुमतिपत्र रद्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले क्यासिनाेकाे बक्यौता रकम असुल गराउन निर्देशन दिएपछि विभागले पाँच दिनको अल्टिमेटम दिएको थियो । बक्यौता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि क्यासिनो कम्पनीले सरकारलाई तिर्नु पर्ने बक्यौता रकम नबुझाएका कारण पर्यटन…