काठमाण्डाै,१३ चैत्र । अर्थमन्त्री जनार्दन शर्माले आयोजनाहरूले नै ऋण तिर्न सक्ने गरी लगानी योजना बनाउनुपर्ने बताउनुभएकाे छ । आज आइतवार लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी विस्तृत सम्झौता पत्र (एमओयू) हस्ताक्षर कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । अर्थमन्त्री शर्माले भन्नुभयाे, ‘अब हामीले योजना बनाउँदा ऋण जनताको टाउकोमा बोकाउन हुँदैन । आयोजनाले नै कमाएर…