कैलाली, ०८ चैत्रकैलालीमा खतरा लेखेर सडकमा राखिएको प्रेसर कुकरभित्र गहना फेला परेका छन्। मंगलबार बिहान गोदावरी नगरपालिका १ बनखेतस्थित नवीन साहुको घरअगाडि खतरा लेखिएको प्रेसर कुकरभित्र सुनका गहना फेला परेका हुन् । गेटअगाडि शंकास्पद वस्तु फेला परेपछि साहुका घरपरिवार र छिमेकीले प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाएपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली गएको थियो।…