भादगाउँ (भक्तपुर), १२ असोजःभक्तपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको तान्त्रिक नाच नवदुर्गा देवगणको ख्वापा (मुकुण्डो) तयार भएको छ । भक्तपुर याछेंका ८० वर्षीय पूर्ण चित्रकारले तीन महिनाको अथक प्रयासपछि नवदुर्गा देवगणको १३ ख्वापा तयार गर्नुभएको हो । तयार भएका ख्वापा महानवमीको साँझ प्रदर्शन गरी देवगण बन्ने गाथा (वनमाला)को समूहले परम्परागत पूजासहित लिन आउने परम्परा रहेको…