काठमाडौ ५ चैत - वर्ल्ड ह्याप्पिनेसमा फिनल्यान्ड विश्वकै सबैभन्दा खुसी देश भएको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषणा गरेको हो। वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बनेको हो । ह्याप्पिनेस रिपोर्टमा डेनमार्क दोस्रो र आइसल्यान्ड तेस्रो स्थानमा छन्। त्यस्तै स्वीट्जरल्यान्ड चौथो स्थानमा छ…