रुपन्देही, ०३ चैत्र ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गर्ने सम्भावना नभएको बताएका छन् । अध्यक्ष प्रचण्डले हालको गठबन्धन नै निर्वाचन पछिसम्म कायम रहने बताए ।आफूहरुको जोड अन्तिम समयसम्म हालको गठबन्धन बचाउने पक्षमा नै रहेको बताउँदै उनले यदी नेपाली काँग्रेसले लखेट्ने नै गर्यो भने विचार गर्न सकिने उल्लेख गरे।…