बैतडी १२ चैत्र । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्ट र अभियुक्तको डीएनए रिपोर्ट मिलेको छ । बिहीवार आएको रिपोर्टमा अभियुक्तको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बैतडीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको जनाएको हो ।गएको माघ २१ गते विद्यालय गएकी भागरथीको बलात्कारपछि हत्या…