काठमाण्डाै २६ फागुन – गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई राेक्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । खाडी देशहरूमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरू आएपछि सरकारले भिजिट भिसा प्राप्तिका लागि सर्तहरू राखेर कडाइ गरेको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।…