काठमाडौं, १८ फागुन । राष्ट्रिय सभा सदस्यहरूको शपथ यही फागुन २१ गते शनिबार हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार विहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ । १२ माघमा भएको निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए ।