पाल्पा, ०२ चैत्र ।पाल्पामा आगलागीमा परेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ ढुकुर खोलामा आगलागीमा परेर ५९ वर्षीय हरिबहादुर कुमालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कुमाल सुत्ने घरको कोठामा आगलागी भएपछि उनको जलेर मृत्यु भएको हो । टिनको छाना भएको आफ्नै ३ तले घरको…