कपिलवस्तु ११ फागुन ।अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विरुद्ध संयुक्त संघर्ष समितिमा रहेका दलहरुले कपिलवस्तुको चारनम्बरमा मसाल जुलुस निकालेका छन् । बुधबार साँझ जिल्लाको वाणगंगा चारनम्बरमा नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) लगायतका दलहरुले एमसीसी खारेजीको माग गर्दै मसाल जुलुस निकालेका हुन् । मसाल जुलुस निकाल्ने क्रममा स्थानीय प्रहरी प्रशासनले अवरोध…