खोज–अनुसन्धान

देशले फेरी पनि केपि जस्तै प्रधानमन्त्री खोजेकोछ : चौधरी




कपिलवस्तु ११ फागुन । नेकपा एमाले मायादेवि गाउपालिकाले सबै वडामा भेला आयोजना गरेर पार्टी कमिटी गठन तथा पुनरगठन गर्ने निर्णय गरेकोछ । जसकालागि फागुन १४ देखि २० सम्म भेलाको मिति तोकेको छ ।यसैगरी २१ फागुनमा यूवासंघ,अनेरास्ववियू ,अनेमसंघ,अनेकिमहासंघ लगायतका जनसंगठनको पालिका स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको अध्यक्ष जगरनाथ कुर्मीले वताउनु भएकोछ ।

पालिकाको बैठकलाई संबोधन गर्दै नेकपा एमालेका जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले यसपाली मायादेविका वहुसंख्यक वडा सहित पालिकाको चुनाव जित्ने रणनीति एकमना एकताका साथ वनाउन आग्रह गर्नु भयो । उहाले सीमा क्षेत्र विकास, मधेसमा जनता आवास, सघन सहरी विकास , मधेसमा सडक र सिंचाई सञ्जाल विस्तर जस्ता काम तत्कालिन प्रधानमन्त्री केपि ओलीका पालामा भएको वताउनु भयो ।फेरी पनि देशले केपि जस्तै प्रधानमन्त्री खोजेको उहाको तर्क थियो ।
बैठकमा एमालेका जिल्ला सदस्य एवम क्षेत्रिय सहसंयोजक विश्व कार्की , जिल्ला सदस्य एवम प्रदेश क्षेत्र १ क का संयोजक भेषराज पाण्डे , प्रदेश क्षेत्र १ ख का संयोजक विनोद चौधरी , जिल्ला सदस्य विष्णु गौतम ,याकुव मुसलमान लगायतले धारणा राख्दै मधेसमा यसपाली एमालेले वाजी मार्ने उद्घोष गर्नु भएको थियो । बैकठ अध्यक्ष जगरनाथ कुर्मीको अध्यक्षता जिल्ला सदस्य उमानाथ पौडेल तिरथ पासी, श्याम यादव लगातयको उपस्थितीमा डुमरामा भएको हो ।

प्रकाशित : ११ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६