दाङ, ०८ फागुन । देउखुरीको लमही नगरपालिका-७ मा रहेकाे पूर्व पश्चिम राजमार्गको पद्मिनी खोला नजिकै सडक किनारमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । शङ्कास्पद वस्तु देखेपछि शनिवार राति गाडी चालकले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठ घटनास्थल पुग्नुभएकाे थियाे । 'राति डिस्पोज गर्न सक्ने अवस्था थिएन, रातभरि हामीले सुरक्षा दिएर…