बुटवल, २३ फागुन । अन्तर्राष्ट्रिय मापदण्ड विपरित भारतले नेपाली भूमि डुबान हुने गरी दशगजा नजिकै अग्लो सडक निर्माण गरेको छ ।पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा नेपाली भूमि डुबान हुने गरी भारतले सीमा क्षेत्रमा अग्लो सडक निर्माण गरेको बताईएको छ ।नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्राले आफना समकक्षी भारतको महाराजगंज जिल्लाका प्रमुख जिल्ला अधिकारी डिएम सत्यन्द्र कुमारलाई…