काठमाडौं ३ फागुन -प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि लगाइएको महाअभियोग प्रस्तावबारे छलफल हुने प्रमुख एजेन्डा रहेको छ । कांग्रेससहित ९८ जना सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको प्रस्ताव पेस गरेका थिए । साथै, कांग्रेस संसदीय दलको विषयमा एमसीसीका बारेमा पनि छलफल हुने बताइएको छ…