रूपन्देही ३ पुष । सात महिनाअघि तिलोत्तमा नगरपालिका–१०, मैनहवामा भएको सामूहिक हत्यामा संलग्नलाई जिल्ला अदालत रुपन्देहीले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश मातृकाप्रसाद मरासिनीको एकल इजलासले सुर्खेत जिल्लाको लेकबेंसी नगरपालिका–३ का स्थायी बासिन्दा हाल बुटवलमा बस्दै आएका अभियुक्त ३१ वर्षीय झसेन्द्र सिँजाली मगरलाई बुधबार जन्मकैदको फैसला गरेको हो । सिँजालीले ०७७ जेठ २ गते तिलोत्तमा–१०…