काठमाडौँ, १७ माघ । सत्ता गठबन्धन सम्बद्ध दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट सर्वसम्मतिले पारित गर्न आग्रह गर्नुभएको छ । एमसीसीका नाममा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन टुट्न नहुनेमा उहाँको जोड छ । ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऔं,’ भट्टराईले…