खोज–अनुसन्धान

एक हप्तापछि सबै मन्त्रालय दाङवाट सूचारु :मन्त्री थारु




दाङ १७ माघ ।लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान मन्त्री इन्द्रजित थारुले अबको एक हप्ताभित्र दाङबाट सबै मन्त्रालयका काम शुरु हुने दाबी गर्नुभएको छ । दाङको घोराहीमा एक कार्यक्रममा सहभागी भएका मन्त्री थारुले पत्रकारसँग अन्तरक्रिया गर्दै यस्तो दाबी गर्नुभएको हो ।दाङको देउखुरीमा स्थायी राजधानी तोकिएपनि अहिले अस्थायी राजधानी रुपन्देहीको बुटलवबाट मन्त्रालयले काम गर्दै आएका छन् । दाङमा भौतिक संरचना अभाव हुँदा प्रदेशसभा बैठक तथा मन्त्रालयको कामकाज बुटवलबाट हुँदै आएको हो ।
तर अब मन्त्रालय बस्ने संरचना तयार भएको भन्दै मन्त्री थारुले हप्तादिनमै मन्त्रालयले काम शुरु गर्ने दाबी गर्नुभयो । राप्ती प्राविधि विद्यालय सर्ने र सोही ठाउँबाट काम सुचारु गरिने उहाँको भनाई छ ।यसैबीच मन्त्री थारुले प्रदेश सरकार नफेरिने पनि दाबी गरे । उनले गठबन्धन प्रेदशमा मात्र नभएर देशैभर गठबन्धन रहेको भन्दै केन्द्रमा फेरिए प्रदेशमा त्यस्तो अवस्था आउन सक्ने तर अहिलेकै अवस्थामा सरकार फेरबदल नहुने दाबी गरे ।लुम्बिनी प्रदेश सरकार गठन गर्ने समयमा आलोपालोको कुरा चलेको भएपनि अहिले फेरिहाल्ने अवस्था नरहेको बताउनुभयो ।

प्रकाशित : १७ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६