बुटवल, २७ माघ। पाल्पाको तिनाउ ३ स्थित तल्लो सिद्धबाबा नजिकै एक युवा मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको कालिगण्डकी ३ ठेकरदीका ४० वर्षीय अर्जुन घर्ती गएराति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तल्लो सिद्धबाबा नजिकै सडक छेउमा पार्किङ गरेर राखिएको स्काभेटरमा ज्याकेटको टोपीमा रहेको रसीले पासो लगाएर झुण्डिएको अवस्थामा…