काठमाडौं, २५ माघ। नेकपा एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । एमाले महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरूका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् । पार्टीको लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३०…