काठमाण्डौ, १३ पुष । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवाहरूलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताउनुभएको छ । आज मङ्गलवार काठमाण्डौमा भएको नेकपा (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले युवाहरूको मन जित्न नेताहरूले यी काममा ध्यान दिनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, ‘इमानदारिता, निष्ठा र समर्पण नै प्रमुख कुरा हो…