कञ्चनपुर, ५ असोजजेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण क्षति व्यहोरेको कृष्णपुर नगरपालिकाको कार्यालय अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । कार्यालय भवनमा क्षति पुगेपछि अहिले केही शाखामात्र अस्थायी रूपमा सञ्चालनमा आएका छन् ।नगरप्रमुख हेमराज ओझाका अनुसार आगलागी हुनबाट जोगिएका कागजातका आधारमा काम अगाडि बढाइएको छ । स्थानीय युवा क्लब र कार्यालयका कर्मचारीको सहयोगमा सरसफाइ…