अर्घाखाँची २३ भदौँ । अर्घाखाँचीका एकजना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ। अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नं १२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा आज मंगलबार बिहान मृत्यु भएको हो।सवारी दुर्घटनामा घाइते भएका उनलाई कोरोना देखिएपछि भैरहवा हुँदै बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचार गर्न ल्याइएको थियो। …