नवलपुर, असोज ५ गते ।भैरहवाबाट भरतपुर बिरामी लिएर जाँदै गरेको ग. २ च ३३८ नम्बरको एम्बुलेन्सका चालक कृष्णप्रसाद तिवारी शुक्रबार बिहान ८ बजे बर्दघाटको उकालो उक्लँदै हुनुहुन्थ्यो । दाउन्नेका जाम छिचोल्दै दुम्कीबास आइपुग्न उहाँलाई झन्डै नौ घण्टा लाग्यो । भारतको हैदराबादबाट काठमाडौँ सामान पुर्याउन आएका लरीचालक सन्तोष यादव बिहीबार साँझ ८ बजेदेखि दाउन्नेका जाममा फस्नुभयो । उहाँले शुक्रबार…