काठमाडौं, १० असोज । हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्म नेपाल–चीनबीच रहेको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई आज (आइतबार) प्रतिवेदन बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाणलाई बुझाएका हुन् । प्रतिवेदनको विषय सार्वजनिक गरिएको छैन् ।प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य…