गुल्मी, २ असोजः रेसुङ्गा नगरपालिकाले विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले गुल्मी अस्पताल तम्घासमा गत दुई वर्षदेखि विशेषज्ञ चिकित्सकलाई मासिक रूपमा तलब बराबरको रकम प्रोत्साहन भत्ताबापत उपलब्ध गराउँदै आएको छ । दुर्गम तथा साना जिल्लामा चिकित्सकआउन रुचि नदेखाउने र सरुवा भई आइहाले पनि लामो समय नबस्ने भएकोले उक्त समस्या समाधानका लागि…