काठमाडौं २३ असार । मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ । हालका प्रहरी महानिरीक्षक आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक डीआईजी सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।नयाँ…