कञ्चनपुर १० पुष । भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले कैलालीबाट उद्धार गरेको छ ।कञ्चनपुरको वेदकोट नगरपालिका-१ की १८ वर्ष र धादिङको थाक्रे गाउँपालिका-५ की २० वर्षकी युवतीको उद्धार गरी आवश्यक अनुसन्धानका लागि शान्ति पुनःस्थापना केन्द्र त्रिनगर कैलालीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो…