काठमाडौँ, ३१ भदौः राष्ट्रिय बाल दिवस–२०८२ का अवसरमा द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ । काठमाडौँको सिनामङ्गलस्थित बालबालिका शान्ति पार्कमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले दीप प्रज्ज्वलन गरेको हो । कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफ, साझेदार संस्था सेभ द चिल्ड्रेन, बालअधिकार क्षेत्रमा सक्रिय नागरिक…