म्याग्दी, ३० भदौः म्याग्दीमा कारागारबाट भागेका ५२ कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागारबाट यही भदौ २५ गते बिहान ताला तोडफोड गरेर ७६ कैदीबन्दी भागेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले आज बिहानसम्म ५२ कैदीबन्दीलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । नियन्त्रणमा लिएका कैदीबन्दीलाई कारागार प्रशासनको जिम्मा लगाइएको…