भोजपुर, ३० भदौः धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका–५ सुप्लामा रहेको प्रसिद्ध चार ढुङ्गे सन्तानेश्वर महादेव मन्दिर ओझेलमा परेको छ । दोस्रो हलेसीसमेत भनेर चिनिने यो स्थान प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । यहाँ महारुद्र, हिमालय, शिवलिङ्ग, गुप्तेश्वर महादेव, काली नाग, सेती नाग, सहस्श्र नाग, जलपा, पञ्चकोटी, झाक्री झाक्रिना, सिद्ध सिकारी, महारानी ठकुरारी, सिंहदेवी, शिलतादेवी,…