कपिलवस्तु मङ्सिर ४ सेटिंग मिलाएर कार्यकतालाई दिएको जिम्मेवारी खोसिए पछि कपिलवस्तुको यशोधरा गाउँपालिकामा कर्मचारी र अध्यक्ष बिच बुधवार देखि विवाद सुरु भएको छ । गाउँपालिका अध्यक्ष ग्रिजेस पाण्डेले प्रमुख प्रशासकीय अधिकृत तेज बहादुर सिंहलाई छलफल गर्न कार्य कक्षमा बोलाए लगतै सिंहको कार्यकक्षमा बुधवार दिउसो ताला लगाइएको थियो । सिंह हालसालै सरुवा भएर गाउँपालिकाको जिम्मेवारी सम्हालेका…