इस्लामाबाद, २९ भदौ (रासस/सिन्ह्वा) पाकिस्तानको पश्चिमोत्तर खैबर पख्तूनख्वा प्रान्तमा गरिएको एक सुरक्षा अभियानमा दश सशस्त्र समूह (आतङ्ककारी) मारिएका छन् । पाकिस्तान सेनाको सञ्चार विभाग इन्टर–सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) ले शनिबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएको हो । विज्ञप्तिमासुरक्षा बलहरूले लोअर डिर जिल्लामा सशस्त्र समूहहरूको उपस्थिति रहेको सूचना पाएपछि खुफिया जानकारीको आधारमा कारबाही सञ्चालन गरेका…