भैरहवा १४ कार्तिक । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको सौर्य प्लान्टको प्रक्रिया पुनः अगाडि बढेको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल विद्युत् प्राधिकरणबीच जग्गाको भाडामा कुरा नमिलेपछि विमानस्थलमा राख्ने भनिएको सोलार प्लान्ट रोकिएको थियो । प्राधिकरणले जग्गाको भाडाको विषयमा पुनः अध्ययन गर्ने प्रस्ताव राखेपछि प्रक्रिया अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणमा एडिबीका आयोजना हेर्ने निर्देशक मनोज…