कञ्चनपुर, २८ मङ्सिरः शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा मुक्त हलिया परिवारको पुनःस्थापनाका लागि जग्गा खरिद गरिएको सात वर्ष बितिसक्दा पनि सुरक्षित आवास निर्माण हुन सकेको छैन । मुक्त हलिया परिवारलाई सात धुरका दरले जग्गा उपलब्ध गराई जग्गाधनी पुर्जा (लालपुर्जा)समेत वितरण गरिएको भए पनि घर निर्माणका लागि आवश्यक सरकारी मापदण्डअनुसार जग्गा खण्डीकरण नगरिँदा पुनःस्थापनाको काम अघि बढ्न नसकेको…