दोधारा चाँदनी (कञ्चनपुर), २९ भदौः ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा थुप्रै सरकारी कार्यालयमा तोडफोड र आगजनी भएपछि स्थानीय तहमा सेवा सञ्चालनबारे अन्योल छ । स्थानीय तहमा आगजनी र तोडफोड भएपछि सेवामा बाधा पुगेको छ । सरकारी कार्यालयका कम्प्युटरदेखि कागजात र फनिर्चर जलेर नष्ट भएपछि तत्काल सेवा प्रवाहमा समस्या देखिएको कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले…