काठमाडौँ ।पत्रकार गोकर्ण गौतमको निधन भएको छ । कान्तिपुर दैनिकमा कार्यरत २९ वर्षका पत्रकार गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो। टाउकोको नसा सुनिएको देखिएपछि न्यूरो अस्पतालमा उनको शल्यक्रिया भएको थियो । शल्यक्रिया सफल हुन नसकेको पत्रकार सामिप्यराज तिमल्सिनाले जानकारी दिएका छन् ।पत्रकारितामा स्नातकोत्तर गरेको मकवानपुरका स्थायी बासिन्दा गौतमले काठमाडौँमा बसेर…