गुल्मी, २७ भदौः जेनजी आन्दोलनका कारण प्रभावित बनेको यहाँको जनजीवन यतिबेला सामान्य बनेको छ । जिल्लामा आजबिहानदेखि यातायात, शिक्षण संस्थ, उद्योग तथा व्यापार व्यावसाय सबै सञ्चालन भएका छन् । सदरमुकाम तम्घासलगायत जिल्लाका मुख्य बजार क्षेत्रमा मानिसहरू निर्बाध रूपमा आफ्नो नियमित काममा निस्केका छन् । जिल्लाबाट पाल्पा र बुटवलसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालनमा आएका छन् ।…