कञ्चन १७ भदौ । रुपन्देहीको गैडहवा गाउपालिका वडा नं. ७ स्थित कञ्चन पुलमा अपरिचित महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यलय,सूर्यपुराका अनुसार मध्यान्ह करिव १२ बजेको समयमा स्थानियहरुले पुलमुनि पानीमा घोप्टो अवस्थामा मान्छे तैरिरहेको देखेपछि सुरक्षाकर्मीलाई खवर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यलय सूर्यपुराको सुरक्षा टोलीले अन्दाजी ५०\५५ बर्षको महिलालाई मृत अवस्थामा फेला परेको बताएको छ…