काठमाण्डौ १४ भदौँ । काठमाण्डौ उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा सुरु भएको छ ।नेपाल मेडिकल एसोसिएशन, रोटरी क्लब अफ काठमाण्डौ हेल्थ प्रोफेसनल, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसानको सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा डाक्टरको सहजताको लागि आइतबारदेखि निःशुल्क बस सेवा सुरु भएको हो…