तानसेन (पाल्पा), २४ भदौः डुम्रेकी रमिता विकले तानसेनमा तरकारी र फलफूल बेचेर जीविकोपार्जन गर्दै आउनुभएको छ । “बिहानै गाउँबाट तरकारी ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि डोको बोकेर निस्कन्छु”, नारायणस्थानमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “दिनभरि बजार डुलाएर तरकारी, फलफूल बेच्छु । त्यही कमाइले छोराको पढाइ खर्च र बिहानबेलुका हातमुख जोड्छु, यो मेरो दैनिकी…