काठमाडौँ, २३ भदौः आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न तथा बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रको रूपमा कायम गर्न अभियानकर्मीहरूले आग्रह गरेका छन् । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आज विज्ञप्ति जारी गर्दै काठमाडौँ तथा देशका विभिन्न स्थानमा ‘जेनजी’ प्रदर्शनमा बालबालिकाको प्रयोग र बालबालिका घाइते भएकाप्रति ध्यानार्कषण भएको जनाएको हो । सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रका…